• होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

  • शुक्रबार, असार २१, २०८१
एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

काठमाडौं — नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।

शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए ।

तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले उनको नाम समावेश नगरिएको हो ।

‘प्रेम आले महाधिवेशनमा हुनुहन्थेन । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो’, खतिवडाले भने ।

आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।

तर पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको आलेले बताए । ‘त्यो महाधिवेशनमा म सहभागी नै भएको छैन । मैले बहिष्कार गरेको हो’, उनले भने ।

आफूले बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहने पनि उनले बताए । ‘मलाई अब पार्टीप्रति रुचि छैन । जनताप्रति उत्तरदायी हुने हो, स्वतन्त्र भएर जनताको काम गर्ने हो’ उनले भने । अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार