• होमपेज
  • कला /साहित्य
  • जसले बनायो आलिशान महल

जसले बनायो आलिशान महल

  • शुक्रबार, असार २१, २०८१
जसले बनायो आलिशान महल

भन्छन् कसैकसैलाई शङ्घर्ष गर्ने रहर हुन्छ,
तर म भन्छु बाध्यता हो नगरिनहुने कर हुन्छ।

जसले बनायो आलिशान महल भन केपायो,
खानलाई गास हुन्छ न ओट लाग्ने घर हुन्छ।

सबै गर्न सक्छन् गरिब श्रमजिवीहरू देशमा,
तर न एकता हुन्छ नत राजनीति डगर हुन्छ।

देश विदेशमा पसिना बगाउँने ज्यामिहरू मा,
सदियौँ आफ्नै परिश्रममै जीवन निर्भर हुन्छ।

उनैलाई सताउँछ भोक , सोक र रोगले पनि,
उनै पौरखिको सधै समाजभित्र वेकदर हुन्छ।

सरकार गरिबको लागि बोल्छ तिमिले भन्यौं,
देश विदेशमा युवाहरू मर्दा यो वेखबर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार