• होमपेज
  • समाज
  • धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

  • बिहिबार, असार २०, २०८१
धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

जनकपुरधाम — धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एक जनाको र दुई जनाको अस्पतालमा मृत्यु भएको हो ।

उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार