शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

  • बुधबार, असार १९, २०८१
रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकीर गरेका छन् ।

उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामेछानेलाई बुझाएका थिए ।

रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार