बिहिबार, असार २०, २०८१
  • होमपेज
  • राजनीति
  • नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

  • मङ्लबार, असार १८, २०८१
नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार