• होमपेज
  • राजनीति
  • एमाले फर्किए जितेन्द्र नारायण देव

एमाले फर्किए जितेन्द्र नारायण देव

  • सोमवार, असार १७, २०८१
एमाले फर्किए जितेन्द्र नारायण देव

काठमाडौं —नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका थिए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए ।

उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भए । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार