• होमपेज
  • राजनीति
  • नाउपामा रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

नाउपामा रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

  • सोमवार, असार १७, २०८१
नाउपामा रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

धनगढी— नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको छ।

आइतवार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो। संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरा लाई संसदीय दलको नेता चयन गरिएको छ।

त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ। दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए।

चर्चामा

सम्बन्धित समाचार