मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • शिक्षा
  • खप्तड छेडेदहमा एसईईको लाजमर्दो नतिजाः ६ प्रतिशत मात्रै उतीर्ण, ४ विद्यालय निल

खप्तड छेडेदहमा एसईईको लाजमर्दो नतिजाः ६ प्रतिशत मात्रै उतीर्ण, ४ विद्यालय निल

  • आइतवार, असार १६, २०८१
खप्तड छेडेदहमा एसईईको लाजमर्दो नतिजाः ६ प्रतिशत मात्रै उतीर्ण, ४ विद्यालय निल

टेक बहादुर बुढा— बाजुराको खप्तड छेडेदह गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को लाजमर्दो नतिजा देखिएको छ । गाउँपालिकामा ९ वटा मावि स्कुलबाट एसईई परीक्षामा सहभागी २ सय ४३ जना मध्ये १५ जना उतीर्ण मात्रै भएका छन् । परीक्षामा सहभागी विद्यार्थीमा २ सय २८ विद्यार्थीहरुको नन ग्रेड एनजी आएको छ भने पालिकाभर ६ दशमलव १७ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले सार्वजनिक गरेर नतिजा सूचिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाका ४ वटा विद्यालयबाट सहभागी सबै विद्यार्थीको एनजी आएर ती विद्यालय निल भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ माटेसाघुमा रहेको देवस्थली माविमा ९, वडा नम्बर ७ लम्गाउँ स्थित सरस्वती माविमा २७, दशरथ मावि आटीचौरमा २१ र वडा नम्बर ६ स्थित जाल्पादेवि मावि सुदाडामा १५ जना सहभागी सबै विद्यार्थीको एनजी आएको छ ।

त्यस्तै वडा नम्बर ५ स्थित मष्टेश्वरी माविमा ६२ मध्ये ८ जना उतीर्ण वडा नम्बर ४ स्थित खापरदेवस्थली माविमा ३८ मा ३ जना, वडा नम्बर १ को काडा भवानी माविमा ३२ मा २, वडा नम्बर २ स्थित मालिका माविमा १९ मा १ र वडा नम्बर ३ स्थित भवानी माविमा १७ मा १ जना मात्रै उतीर्णभएका छन् ।

पर्याप्त शिक्षक दरबन्दी भएकै विद्यालयहरु एसईईमा निल भएका भन्दै अहिले सामाजिक सञ्जालमा गाउँपालिकाको शैक्षिक अवस्थाको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस विषयमा खप्तड छेडेदह गाउँपालिकाले सबैको कमिकमजोरीले पालिकामा नतिजा कमजोर आएको स्वीकार गर्दै आएको छ ।

गाउँपालिकामा हरेक बर्षको नतिजा निराशाजनक देखिदैँ आए पनि पालिकाबाट शैक्षिक अवस्थाको बारेमा समिक्षा नहुनु, बैठक नबस्ने तथा नियमित अनुगमनका साथै शैक्षिक अवस्थाबारे पालिकाले चासो नदिने लगायतका कारणले नतिजामा सुधार नदेखिएको स्रोतले बताएको छ ।

गाउँपालिकाले हरेक बर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षालाई नै मुख्य प्राथमिकतामा राख्दै आएपनि लगानी अनुसारको उपलब्धि निराशाजनक देखिन थालेपनि पालिका भने यस बिषयमा मौन देखिन्छ । पछिल्लो समय गाउँपालिकाको शैक्षिक अवस्था खस्किदै गएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला अब पालिका, शिक्षक, विद्याथी, अभिभावक लगायत सबैले जिम्मेवार भएर लाग्नुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार