मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • खेलकुद
  • विराट कोहलीद्वारा टी-२० आईबाट सन्न्यासको घोषणा

विराट कोहलीद्वारा टी-२० आईबाट सन्न्यासको घोषणा

  • आइतवार, असार १६, २०८१
विराट कोहलीद्वारा टी-२० आईबाट सन्न्यासको घोषणा

भारतीय क्रिकेट टोलीका एक महान् ब्याटर विराट कोहलीले टी-२० आइबाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी-२० आई नखेल्ने घोषणा गरेका हुन् ।

भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्नेक्रममा उनले यो आफ्नो अन्तिम टी-२० आई खेल भएको बताएका थिए । बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

३५ वर्षीय उनले भारतबाट १२५ टी-२० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी-२० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी-२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

चर्चामा

सम्बन्धित समाचार