मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै

  • आइतवार, असार १६, २०८१
एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

नयाँ नेतृत्वमा हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल दाबेदार छन् । असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले एकीकृत समाजवादीले दशौं महाधिवेशन भनेको छ । संघीय संसदमा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार