• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको बिच्छ्यामा पहिरोमा परि ७० बाख्रा मरे

बाजुराको बिच्छ्यामा पहिरोमा परि ७० बाख्रा मरे

  • शनिबार, असार १५, २०८१
बाजुराको बिच्छ्यामा पहिरोमा परि ७० बाख्रा मरे

बाजुरा– बाजुराको हिमाली गा पा २ स्थित कोटीगाउँमा पहिरो जाँदा स्थानियका ७० बढी बाख्रा मरेका छन । स्थानिय जीवन बोहोरा, जर्म बोहोरा र गोर्ख राज बोहोराका गरी ७० वटा बाख्रा पहिरोमा पुरीएका हुन ।

गयरातिको पानीका कारण बाख्रा गोठमाथिबाट पहिरो झरेर सो संख्यामा बाख्रा मरेका स्थानिय जीवन बोहोराले बताए । बाख्रिगोठ पहिरोले बगाउदा बाखा च्यापिएर मरेका छन भने स्थानियको सहयोगमा केहि बाख्राको जिवीतै उद्धार समेत गरिएको स्थानियको भनाई छ ।

स्थानिय जीवन बोहोराका २०, जर्म बोहोराका १० र गोर्ख बोहोराका ४० बाख्रा च्यापिदा झण्डै १० लाख रुपैयाँ बरावरको क्षति भएको स्थानियले बताएका छन । स्थानियले ठूलो संख्यामा बोका बाख्रामा क्षति भएको भन्दै सरोकारवाला निकायसंग क्षतिपुर्तिको माग समेत गरेका छन । जिल्लामा मनसुन शुरु भएर पानी पर्न थालेपछि कृषक भने विभिन्न ठाउँमा बाढी पहिरो जाँनेमा चिन्तीत बनेका छन ।

चर्चामा

सम्बन्धित समाचार