• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्थानीय तहको बेरुजू १ अर्ब ६४ करोड

बाजुराका स्थानीय तहको बेरुजू १ अर्ब ६४ करोड

  • शनिबार, असार १५, २०८१
बाजुराका स्थानीय तहको बेरुजू १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ ।
महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम गौमुल गाउँपालिकाको रहेको छ । महालेखाले २०८१ साल जेठ १२ गते बेरुजूको विबरण सार्वजनिक गरेको थियो । स्वामिकार्तिक खापर गाउँपालिकामा २३ करोड ६६ लाख ८४ हजार र सबैभन्दा कम गौमुल गाउँपालिकामा १० करोड ६३ लाख ९४ हजार रहेको छ ।
त्यस्तै दोस्रोमा त्रिवेणी नगरपालिकामा २३ करोड २० लाख ३ हजार, बुढिगंगा नगरपालिकामा २२ करोड ६१ लाख ७५ हजार, बडिमालिका नगरपालिकामा १९ करोड ३० लाख ६ हजार, बुढिनन्दा नगरपालिकामा १७ करोड ८० लाख ७२ हजार पुगेको छ । त्यसै गरि जगन्नाथ गाउँपालिका १७ करोड ५८ लाख ६७ हजार, हिमाली गाउँपालिकामा १४ करोड ८ लाख ८ हजार, खप्तड छेडेदह गाउँपालिकामा १५ करोड ५१ लाख ४३ हजार पुगेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाका ९ ओटै स्थानीय तहको बेरुजू १८ करोड १९ लाख ५८ हजार रहेको पाइएको छ । महालेखा परीक्षकको अनुसार जिल्लामा सबैभन्दा बढी बडिमालिका नगरपालिकामा बेरुजु रहेको पाइएको छ । बडिमालिका नगरपालिकामा मात्रै लेखापरीक्षण भएको रकमको २ दशमलव ६७ प्रतिशत अर्थात् २ करोड ९१ लाख दश हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा सबै भन्दा कम बेरुजु त्रिबेणी नगरपालिकाको रहेको छ । त्रिबेणी नगरपालिकामा १ दशमलव शुन्य ७ प्रतिशत अर्थात १ करोड ३६ लाख ५६ हजार रकम रहेको महालेखा प्रतिबेदन २०८१ मा उल्लेख गरिएको छ ।
त्यसै गरि बुढिगंगा नगरपालिकामा २ दशमलव शुन्य ५ प्रतिशत अर्थात २ करोड ८७ लाख ३९ हजार रुपैँया बेरुजु रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । बुढिनन्दा नगरपालिकाको १ दशमलव ९८ प्रतिशत अर्थात २ करोड ७ लाख १ हजार रहेको उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाहरुमा गौमुल गाउँपालिकाको बेरुजु रकम १ करोड ५४ लाख ४४ हजार अर्थात कुल बजेटको १ दशमलव ६४ प्रतिशत रहेको प्रतिबेदनमा उल्लेख छ । खप्तड छेडेदह गाउँपालिकाको कुल बजेटको १ दशमलव ९७ प्रतिशत अर्थात २ करोड १६ लाख ८४ हजार रुपैँया बेरुजु रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरि जगन्नाथ गाउँपालिकाको बेरुजु रकम १ करोड ३० लाख ९३ हजार अर्थात १ दशमलव ६३ प्रतिशत रहेको उल्लेख छ । स्वामिकार्तिक खापर गाउँपालिकामा २ करोड ६५ लाख १६ हजार रहेको उल्लेख गरिएको भए पनि प्रतिशतमा भने २ दशमलव ८९ प्रतिशत बेरुजु रकम रहेको प्रतिबेदनमा छ । हिमाली गाउँपालिकामा १ दशमलव ६१ प्रतिशत अर्थात १ करोड २९ लाख १५ हजार रुपैया बेरुजु रहेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार