• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराद्धारा जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा बिचार आदान प्रदान

नेकपा एमाले बाजुराद्धारा जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा बिचार आदान प्रदान

  • शुक्रबार, असार १४, २०८१
नेकपा एमाले बाजुराद्धारा जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा बिचार आदान प्रदान

बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराले जननेता भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा बिचार आदान प्रदान गरि मनाएको छ । नेकपा एमाले बाजुराको पार्टी कार्यालयमा जननेता भण्डारीको फोटोमा माल्यार्पण गर्नुका साथै मदन भण्डारीले दिएको बिचारमा बहस तथा छलफल गरिएको थियो ।
मदन भण्डारीको जिवन संघर्ष र बहुदलिय जनबादका बिषयमा छलफल गरि मनाएको नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव कासी विकले बताए ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

नेकपा एमाले प्रदेश कमिटि सदस्य गगन रावलको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका पदाधिकारी, सदस्य जनबर्गीय संगठन, सुभेच्छक संगठनका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला कमिटि सचिव काशी विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार