• होमपेज
  • बाजुरा बिशेष
  • मदन भण्डारीको ७२ औं जन्मजयन्तीकाे अवसरमा प्रेस चाैतारीद्धारा बिरामीलाइ फलफुल बितरण

मदन भण्डारीको ७२ औं जन्मजयन्तीकाे अवसरमा प्रेस चाैतारीद्धारा बिरामीलाइ फलफुल बितरण

  • शुक्रबार, असार १४, २०८१
मदन भण्डारीको ७२ औं जन्मजयन्तीकाे अवसरमा प्रेस चाैतारीद्धारा बिरामीलाइ फलफुल बितरण

बाजुरा– तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औं जन्मजयन्ती बाजुरा जिल्लामा पनि मनाईएको छ । मदनजयन्तीका अवसरमा प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले बिहान जिल्ला अस्पतालामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको हो ।

प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका अध्यक्ष मदन बिकको अध्यक्षतामा संचलन भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव कासी बिकको प्रमुख अतिथि रहेका थिए ।

 फलफुल बितरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त विक, प्रदेश कमिटि सदस्य पदम सिहं, प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासघ बाजुरा शाखाका निवर्तमान अध्यक्ष प्रकाश सिहं, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार