• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एसईई परीक्षामा ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुरामा एसईई परीक्षामा ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • शुक्रबार, असार १४, २०८१
बाजुरामा एसईई परीक्षामा ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुरा– बाजुराबाट एसईई परीक्षामा सहभागी मध्ये ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विहिबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बाजुरामा निराशाजनक देखिएको छ । जिल्लामा एसईई परीक्षामा सहभागी २ हजार ८ सय ३४ मध्ये एक हजार ५ जना अर्थात ३५ दशमलव ४६ प्रतिशत विद्यार्थी मात्रै उत्तीणर् भएका शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जानकारी दिएको छ ।

उत्तीणर् विद्यार्थीहरु मध्ये साधारण तर्फ ३.६ देखि ४ जीपीए ल्याउने ८, ३.२ देखि ३.६ जिपीए ल्याउने ८४, २.८ देखि ३.२ ल्याउने ३ सय ९१ र प्राविधिक धारका १३ जना रहेका छन् । त्यस्तै साधारण तर्फ २.४ देखि २.८ जीपीए ल्याउने ४ सय ५३ जना, प्राविधिक धारतर्फ १२ जना, २.० देखि २.४ जीपीए ल्याउने ४३ जना र प्राविधिक धारतर्फ १ जना रहेका छन् । यसै गरि १.६ देखि २.० विद्यार्थीहरुको नतिजा शुन्य देखिएको छ । एसईई परीक्षामा सहभागी भएकामध्ये १ हजार ८ सय २९ विद्यार्थीले ननग्रेड (एनजी) ल्याएर अनुत्तीणर् भएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक-फरक रुपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूणर्ांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ । सैद्धान्तिकतर्फ ७५ पूणर्ांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ ।

र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको थियो । कम्तीमा पनि दुई बिषयमा एनजी ल्याएका विद्यार्थीहरुका लागि आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार