• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका महिलालाई प्रम्परागत जालेपोते बनाउने तालिम

बडिमालिका नगरपालिकाका महिलालाई प्रम्परागत जालेपोते बनाउने तालिम

  • बुधबार, असार १२, २०८१
बडिमालिका नगरपालिकाका महिलालाई प्रम्परागत जालेपोते बनाउने तालिम

बाजुरा– महिलाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उध्येश्यले बाजुराको बडिमालिका नगरपालिकाले प्रम्परागत जालेपोते बनाउने तालीम संचालन गरेको छ । राष्टपति महिला उत्थान कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिकाको आयोजनामा सो तालिम संचालन गरिएको हो । बडिमालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा नगरपालिका नौ ओटै वडाका २६ जना महिलाहरुलाई ४ दिने प्रम्परागत जालेपोते बनाउने तालिमको आयोजना गरिएको  नगरपालिकाले जनाएकाे छ।

तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बडिमालिका नगरपालिकाका नगर प्रमुख खड्काले याे तालिमबाट महिला दिदीबहिनीहरुले सिपमुलक तालिमबाट ब्याबसाय सन्चालन गरी आत्मनिर्भर बन्न प्रोत्साहन मिल्ने बताए । उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले आर्थिक उन्नतीका लागि दिदिबहिनीहरु आफै अग्रसर हुनुपर्ने र सिकेको सिप ब्यवहारमा लागु गर्नुपर्ने बताएका छन । सिकेको सिप ब्यवहारमा लागु गरी ब्यावसायीक बन्नुका  साथै सिपले सफलता तर्फ लैजाने हुदा लगनशिलताका साथ सिप सिक्न नगर प्रमुख खड्काले आग्रह गरेका छन ।

तालीममा प्रतेक टोल टोलका महिला दिदिबहिनीहरुलाई सीप सिकाई स्वरोजगार बनाउने उध्येश्यले सिपमुलक ब्याबसायिक प्रम्परागत जालेपोते बनाउने तालिमको आयोजना गरिएको नगर उप प्रमुख तथा कार्यक्रमकी अध्यक्ष नन्दा थापाले बतााईन महिला दिदिबहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यका साथै सुदुर पश्चिमको बाजुरा अछाम र बझाङमा मात्र बनाईने प्रम्परागत जालेपोते ब्यबासायीक रुपमा बाजुराको ब्राण्ड बनाउन सकिने भएकोले यसमा सबै सहभागीले दक्ष बन्नुपर्ने नगर उप प्रमुख थापाले बताएकी छन ।

बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए । प्रत्यक वडाबाट २ जना महिलाहरुको सहभागीता रहेको तालीम उद्घाट्न कार्यक्रमको संचालन बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखाकी सहायक महिला बिकाश  निरिक्षक बिन्दु बडालले संचालन गरेको हो । पहिलो दिन कार्यक्रमको सहजीकरण घरेलु तथा साना उध्योग बिकास कार्यालय सुचना अधिकारी पदम ऐरले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार