• होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा २० बर्ष पारी उमेरमा बिवाह गर्ने ६ जोडीलाई सम्मान

बडिमालिका ७ मा २० बर्ष पारी उमेरमा बिवाह गर्ने ६ जोडीलाई सम्मान

  • बुधबार, असार १२, २०८१
बडिमालिका ७ मा २० बर्ष पारी उमेरमा बिवाह गर्ने ६ जोडीलाई सम्मान

बाजुरा– बडिमालिका नगरपालिका वडा नम्मर ७ ले २० बर्ष पुरा गरि बिबाह गरेका ६ जोडीलाई सम्मान गरेको छ । बाल बिवाह न्युनिकरणका लागि २० बर्ष पुरा गरि बिवाह गर्ने जोडिलाई सम्मान गरेको हो ।
बडिमालिका नगरपालिका वडा न ७ को कार्यालयले एक कार्यक्रमका बिच सम्मान गरिएको बडिमालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।  जसमा चेतराज पाध्या – रुपा जोशी, रमेश तिमिल्सिना – कमला पाण्डे, रामलाल खत्री – संगिता डाँगी, मुकुन्द्र प्रसाद जोशी – विमला कुमारी जैशी र किशोर राज जैशी-कविता कुमारी तिमिल्सिनाको जाडीलाई दोसल्ला सहित सम्मान पत्र दिएर सम्मान गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन ।
त्यसै गरि वडा कार्यालयको आयोजनामा गरिएको औपचारीक कार्यक्रममा २० बर्ष पूरा गर्ने मध्य मुकुन्द्र जैशीले विबाहको खर्च कटाएर वडा भित्रका बिपन्न तथा जेहेन्दार बिध्यार्थीका लागि सहयोग स्वरुप वडाका १२ जना विपन्न वालबालिकाहरुलाई शैक्षिक सामग्री र सरसफाई सामग्री वितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताए । यस्तै घरेलुहिसा पिडित महिलाहरूलाई न्यानो कपडा समेत वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार