• होमपेज
  • कला /साहित्य
  • देशमा रेमिटेन्सको कारोबार हुन्छ

देशमा रेमिटेन्सको कारोबार हुन्छ

  • मङ्लबार, असार ११, २०८१
देशमा रेमिटेन्सको कारोबार हुन्छ

देशभित्र काम छैन र त भ्रष्टाचार हुन्छ,
आम नागरिकलाई सधै दिकदार हुन्छ।

गरिब वेरोजगार जनता कसरी जिउँने,
झुटा आस्वासन दिएर त सरकार हुन्छ।

सरकरले भन्छ श्रम सम्झौता गर्नु पर्यो,
सधै देशमा रेमिटेन्सको कारोबार हुन्छ।

पसिना मात्र होइन रगत पोख्छन् युवा,
तर पनि अपहेलित गर्ने व्यवहार हुन्छ।

साधन श्रोत नभएको होइन छन् प्रसस्तै,
विकासको नाममा ठगि लगातार हुन्छ।

भन्छन् विकास गर्छौँ हमि झुटको पसारो,
सडकमा कहिले सदनमा मारामार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार