• होमपेज
  • समाज
  • नेपाल मानव अधिकार वर्षपुस्तक बार्षिक पूर्ब समिक्षा गोष्ठी सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक बार्षिक पूर्ब समिक्षा गोष्ठी सम्पन्न

  • मङ्लबार, असार ११, २०८१
नेपाल मानव अधिकार वर्षपुस्तक बार्षिक पूर्ब समिक्षा गोष्ठी सम्पन्न

बाजुरा– मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको ईन्सेक बाजुराको बर्ष पुस्तक प्रकशन २०२५ को पूर्व समिक्षा गोष्ठी सम्पत्र भएको छ । बिगत लामो समय देखी मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको इन्सेकले हरेक बर्ष प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तकमा समेट्नु पर्ने कुराहरुका बिषयमा समिक्षा गरिएको इन्सेक बाजुरा प्रतिनिधी पदम बहादुर सिहंले बताएका छन ।

सदरमुकाम मार्तडीमा इन्सेकले एक कार्यक्रमको आयोजना गरि सो बर्ष पुस्तकमा समेटीने मानव अधिकारका सवालका बारेमा प्रतिबेदन प्रस्तुत गरिएको ईन्सेक बाजुराका प्रतिनिधी सिहंले बताए । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आथित्यमा संचालन भएको सो कार्यक्रमा जिल्लामा भएका मानव अधिकार हननका घटनाहरुका बारेमा जानकारी लिईएको र थप उल्लघनका घटनाका बारेमा राय लिइएको ईन्सेक प्रतिनिधी सिहंले बताए ।

ईन्सेक बाजुराद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले प्रतिबेदनमा उल्लेख गरिएको तथ्याङक राम्रो रहेको र आगामी दिनमा पनि यसरी नै मानअधिकारका घटनाहरु समाबेश गर्न सुझाव दिएका छन । त्यो संगै कार्यक्रमका सहभागीहरुले मानवअधिकारका क्षेत्रमा भएका प्रयास र गरिएका कार्यहरुलाई पनि मानवअधिकार बर्ष पुस्तकमा समेट्न सुझाव दिएका छन ।

६ महिनाको एक पटक अर्ध बार्षिक र अन्तिममा बार्षिक समिक्षा मार्फत नेपाल मानब अधिकार बर्ष पुस्तक २०२५ को लागि संकलन गरिएका (१ जनवरी २०२४ देखि २०२४ जुनसम्म) इन्सेकले बाजुरा जिल्लामा भएका मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरुको पुर्व समिक्षा कार्याक्रम मार्फत सार्वजनिक गर्नुको साथै जिल्ला आर्थिक सामाजिक राजनैतिक तथा सास्कृतिक विषमा आवाज उठाउदै सम्बन्धित निकाएसंग सुझाव समस्य समाधानमा एकेबद्धता जनाउदै सरोकारवालाहरुसंग समन्वय गर्दै आएको छ ।

यो तीन महिनाको अबधीमा इन्सेकले अभिलेखीकरण गरेका जर्बजस्ती करणी तथा जर्बजस्ती करणी उद्योग सम्बन्धिका ५ घरेलु हिंसा सम्बन्धि १०, लैगीक हिंसा ३, बुहुविबाह १ वटा घटना संकलन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संञ्चान गरेको भएपनि हिंसाका घटनाहरुमा कुनै कमी नआएको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यसै गरि स्थानिय तहमा रहेका न्यायीक समितिमा निवेदन दिनेको संख्या न्यून रहेको जनाएको छ । न्युन हुुनुको कारण पीडितले राजनितिकरण हुन्छ र न्याय पाईदैन भन्ने भान भएको देखीएको उल्लेख छ । न्यायीक समितिमा कस्ता खालका उजुरी दिने कस्ता खालका उजुरी न्यायीक समितिले हेर्छ भन्ने कुरा सर्वसाधारणले जानकारी नपाएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
जिल्लामा नागरिकको आर्थिक सामाजिक राजनैतिक तथा सस्कृतिक अधिकार सम्बन्धी केही बुदा निम्न छन् ।
१) जिल्लामा नुनको हाहाकार देखी देखीएको छ । समाधानको लागी पहल गदमी गर्न सम्बन्धित नमाएको ध्यान जान जरुरी देखीन्छ ।
२) २०७९ माघ १० गते बिच्छाया केन्द्र बिन्दु र ०८० असोज १६ गते बझाङ्ग केन्द्र बिन्दू भएर आएको भुकम्पका करण विस्तापीत घर परिवार रिण काढेर टिनका टहरा बनाएका छन । पहिलो किस्ता दिएको भएपनि दोस्रो किस्ता अहिलेसम्म पाएका छैनन । र बर्षात सूरु हुनै लाग्दा स्वामीकार्तिक खापर गाउपालिकाको मुक्तिकोटको माझगाउ, बाहुनी छुद्दरी लगाएत अन्य बस्तिहरु बषौ देखी पहिरोको उच्च जोखिममा छन । पहिरो पीडित नागरिकको ब्यवस्थापन भएको देखी दैन ।
३) आर्थिक बर्षको अन्त्यमा मात्र निर्माणका काम भईरहेका छन । बर्षासंगै हातर हतारमा काम सक्ने र पैशा भुक्तानी लिने प्रबृदिले भौतिक संरचनाको गुणस्तरको अनुगमन सम्वन्धि निकाएले गर्न जरुरी देखीन्छ ।
४) गाडीहरु जोखिम पूणर् तरिकाले खोला नदिमा हालेर गुडाउनु पर्छ । साँफे मार्तडी सडक खण्डको जडाङ्गामा रहेको वेलिव्रीज अन्यन्त्र सार्न धेरै पहल निणर्य भए तर कार्यन्वयनमा आएन यो वेलिव्रीज सार्न पहल होस ।
५) साफे मार्तडी सडक अन्र्तगत गुईगाड पुलको अवस्था हेर्दा जोखिम पूणर् तरिकाले यातायात संचालन भईरहेका छन् । उक्त पुल मर्मतको पहल कदमी भएको देखी दैन ।
६) जिल्लामा ठेक्का भएका तर काम सुरु नगरेका र काम अलपत्र पारेर नागरिकले समस्य बर्षौ देखी झेली हरने प्रबृद्धि अन्त हुन सकेन । सम्बन्धित निकाएको ध्यायन जान जरुरी देखिन्छ ।
७) जिल्ला सदरमुकाममा मार्तडी र कोल्टिमा खानेपानीको समस्य छ । सम्बन्धित निकाएले समाधानको पहल कदमी गरेको देखीदैन ।
८) बिद्युत्त अनियमितताले सरकारी तथा गैर सरकारी सस्थाको सेवा प्रभावित हुदा नागरिकले दुख पाउने गरेका छन् । यसको पहल गदमीका लागि सम्बन्धित निकाएको ध्यान जान जरुरी देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार