शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाकाे प्राथमिकतामा शिक्षा,स्वास्थ्य र पूर्वाधार

खप्तड छेडेदह गाउँपालिकाकाे प्राथमिकतामा शिक्षा,स्वास्थ्य र पूर्वाधार

  • मङ्लबार, असार ११, २०८१
खप्तड छेडेदह गाउँपालिकाकाे प्राथमिकतामा  शिक्षा,स्वास्थ्य र पूर्वाधार

टेक बहादुर बुढा–  खप्तड छेडेदहकाे नीति तथा कार्यक्रमdf  सबै वडामा केन्द्रीय विद्युत र फाइबर नेट जडानका लागि समन्वय गरिने  खप्तड छेडेदह गाउँपालिकाकाे गाउँसभामा गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेर सभाबाट सर्वसम्मत पास भएको घाेषणा गरेका छन् ।
नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास तर्फ गाउँपालिकाकाे एकीकृत विकास योजनालाई अध्यावधिक तथा परिमार्जन, सार्वजनिक प्रशासनलाई परिमाणमुखी बनाउन कार्यसम्पादन करार गरि नतिजामुखि कार्यसम्पादन सम्झौतामा जाेड दिइने जनाएको छ । त्यस्तै गाउँपालिका भित्र रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन पत्रिका स्थापित हुन आएमा कानुनी दायरामा ल्याइ दर्ता गरिने, अध्यक्ष र उपाध्यक्षसँग जनताकाे गुनासो सुनुवाइ कार्यक्रममा जाेड दिई जनताको घरदैलोमा कार्यक्रमलाई जाेड दिइने अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।
सामाजिक विकासतर्फ समुदायको साझा पहिचान भएका बाजागाजा, पाेशाक तथा माैलिक देउडा खेलकाे संरक्षणका लागि आवश्यक व्यवस्था, आगामी आर्थिक बर्षभित्र विद्यालयलाई अनिवार्य मर्ज गर्ने,कक्षा १२ सम्म निःशुल्क शिक्षा सञ्चालनको लागि आवश्यक पहल गरिने, संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थी मध्ये जेहेन्दार १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान, कक्षा ८ र १० मा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिने अध्यक्ष रावतले बताए ।
आर्थिक विकास तर्फ घरेलु उद्योगकाे क्षमता वृद्धि गर्न अल्लाे तथा भाँगाेकाे धागो उत्पादनमा किसानलाई प्राेत्साहन गरिने, अध्यक्षसँग युवा कार्यक्रम सञ्चालन गरि क्षमता विकास तथा सीप विकास कार्यक्रम सञ्चालनमा जाेड, पालिकाभित्र खाद्य डिपो तथा नुन डिपो सञ्चालनका लागि आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ भुकम्प प्रतिराेधी घर निर्माणका लागि सचेतनामूलक कार्यक्रममा जाेड, आफ्नो एम्बुलेन्स सेवा सञ्चालन गरि साेकाे सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि बनाइनेे, पहिराेकाे जाेखिममा रहेका गुम्लागाउँ, धनाल्त, लिसाना,तल्लो लिसाना, नाइना, डाेगडी वस्तिकाे रुपान्तरणकाे लागि सुरक्षित खुल्ला र सार्वजनिक जग्गाको व्यवस्था गरि पहिरो नियन्त्रण गर्न तत्काल सम्भाव्यता अध्ययन गरि घाँस तथा बास राेप्ने कार्यलाई जाेड, यसै बर्ष भित्र सबै वडामा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुर्‍याउन पहल गरिने जनाएको छ ।

पूर्वाधार विकासतर्फ खप्तड देखि छेडेदहसम्म रेलिङ सहितको पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिई आगामी आवमा काम सम्पन्न, पालिका सञ्चालन भएकाे सवारी साधनकाे भाडा जिल्ला प्रशासन कार्यालयले ताेकेकाे मापदण्ड अनुरुप सञ्चालन, पालिकामा फाइबर नेट जडानका लागि नेपाल टेलिकमसँग समन्वय गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै वडा नम्बर ३ र ५ काे वडा कार्यालय भवन निर्माण गरि आगामी बर्षसम्म सबै वडामा काम सम्पन्न र पालिकाकाे प्रशासकीय भवनको तेस्रो र चाैथाे तला निर्माणको लागि विशेष व्यवस्था, संघिय र प्रादेशिक सरकार सँग समन्वय गरि आटीचाैर सुर्का खाेला र घट्टेखाेलामा माेटररेवल पुल निर्माणका लागि आवश्यक समन्वय गरिने जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार