शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको निति : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा

बडिमालिका नगरपालिकाको निति : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा

  • सोमवार, असार १०, २०८१
बडिमालिका नगरपालिकाको निति : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा

बाजुरा– कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार भन्ने मुल नाराका साथ जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्षको नितिी तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभा सम्पन्न पश्चात पत्रकार सम्मेलन मार्फत नगर प्रमुख अमर खड्काले निति तथा कार्यक्रम सार्बजनिक गरिएका हुन । बडिमालिका नगरपालिकाको नगर सभा तथा १५ औं अधिबेशनले बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षमा शिक्षा क्षेत्र सुधारमा बिध्यालय स्वास्थ्य सचेतना परियोजना संचालन गर्ने निती सहित अगाडी बढ्ने नगर प्रमुख खड्काले बताएका छन । आर्थिक बिकाशमा आर्थिक समृद्धिको पहिलो आधार कृषि नै हो पहिलो पुर्वाधार कार्यक्रम सहित बिभिन्न कार्यक्रम संचालन गर्ने निती लिएको नगर प्रमुख खड्काले बताए । त्यसै गरि किशानको लगानी किसानकै आम्दानी, रैथाने उपहार गाउँको भान्सामा लहर शहरको भन्ने योजना, तपाई गर्नुहोस उत्पादन हामी खोच्छौ बजार, किशानको पहिचान बारीमै अनुदान कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाईने नगर प्रमुख खड्काले बताए ।
पशुपन्छी तर्फ गोड देखी ओठ सम्म बधशाला देखी भान्सासम्म नारालाई साकार पार्न पशुपंछी ब्यबासाय प्रबद्धन कार्यक्रम संचालन गरिने भएको छ । सांस्कृती तथा पर्यटनमा पर्यटकको नियमितता बडिमालिका तिर्थयात्रा कार्यक्रमलाई निरन्तरता दिनुका साथै नगर क्षेत्रमा रहेका स्थानिय पर्यटन प्रबद्धनका कार्यक्रमहरु संचालन गरिने, पर्यटकिय गन्तब्य पहिचान गरिनुका साथै आबस्यक पुर्वाधारमा जोड दिइने र आन्तरिक र बाह्र्य पर्यटकको आगवन बढाईने नगर प्रमुख खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
त्यस्तै राष्ट्रिय औधोगिक नितीलाई अबलम्बन गर्दै बिभिन्न कार्यक्रमहरु संचालन गरि स्थानिय कच्चा पर्दाधमा आधारीत साना तथा घरेलु उध्योग संचालन तथा बिस्तारमा जोड दिने नितीका साथ कार्यक्रम लागु गर्ने, संघिय सरकार र प्रदेश सरकार संगको समन्वय तथा साझेदारीमा बिभीन्न कार्यक्रम संचालन गरिने नगर प्रमुख खड्काले बताए ।
त्यसै गरी पुर्बाधारका क्षेत्रमा बडिमालिका चक्रपथ, बडिमालिका आवस कार्यक्रम कामदारको ज्याला दर रेट लागु गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिने छन । सुचना तथा संचारमा प्रबिधीमैत्री प्रशासन, बिकास समृद्धि र सुशासन नारालाई साकार पार्न बिभिन्न कार्यक्रमहरु संचालना गर्ने र सुचना तथा संचार क्षेत्रमा जनगुनासो सम्बोद्धन गर्न हेलो मेयर कार्यक्रम संचालन गर्ने नगर प्रमुख खड्काले बताएका छन । त्यसै गरि पत्रकारको क्षेमता बिकास, लोक कल्याणकारी बिज्ञापन नितीलाई कार्यन्वयन, बडिमालिका पत्रकारीता पुरस्कार लगायतका कार्यक्रम संचालन गरिने भएका छन ।
त्यसै गरि आगामी आर्थिक बर्ष देखी सस्थागत बिध्यालयमा बिपन्न बिध्यार्थीलाई १० प्रतिशत छात्रबृद्धि अनिबार्य गरिनुका साथै गरिव बिपन्न दलित जनजाती असाय बालबालिकाहरुका लागि एकिकृत छात्रबृद्धि कोष संचालन गरि लागु गरिने भएको छ । त्यसै गरि नगरपालिकाले नगरपालिका भित्रका एक जनालाई एमबिबिएस र एक महिला एक पुरुषलाई बिद्यावारीधी गर्न आर्थिक सहयोग गर्ने, नगरपालिकाका सबै बिध्यालयमा हप्तामा एक दिन सामाजिक बिकृती बिरुद्धको नारा लेखीएको टिसट लगाउने र नगर उप प्रमुख संग छात्रा छात्रबृद्धी कार्यक्रमलाई निरन्तरता दिने, सामुदायीक बिध्यालयका शिक्षकहरुलाई हौसला प्रदान गर्न कार्यसम्पादनका आधारमा पुरस्कृत गरिने कार्यक्रम संचालन गरिने छ ।
स्वास्थ्य क्षेत्रको बिकासका लागि मापदण्ड अनुसार स्वास्थ्य सस्थाका भौतिक संरचना सहित बिभिन्न कार्यक्रम संचालन गरिने छन ।

चर्चामा

सम्बन्धित समाचार