शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ

बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ

  • सोमवार, असार १०, २०८१
बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ

बाजुरा–  बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ परेका छन्। आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न पुगेका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेशसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा करिब २ दशमलव ५ ग्राम चरेश बरामद गरिएको थियो।

चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार केसीले बताए। पक्राउ परेका दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार