बिहिबार, असार १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सरकार समेत उनैको बफादार

सरकार समेत उनैको बफादार

  • आइतवार, असार ९, २०८१
सरकार समेत उनैको बफादार

जता पनि किन लागु पदार्थको व्यापार हुन्छ,
सदियौँ हाम्रो समाज मात्र किन बिमार हुन्छ।

भन्छन् कानूनि रूपमा अपराध हो तर पनि,
किन मोन प्रशासन हुन्छ उस्तै सरकार हुन्छ।

अचम्मै लाग्छ कसैले देख्दैनन् तसकरी हुँदा,
लाग्छ सरकार समेत उनैको बफादार हुन्छ।

जसले हान्यो उसैले जान्यो भनेको झैँ सधै,
हाम्रो समाजभित्र यस्तै नराम्रो व्यवहार हुन्छ।

संसदिय व्यवस्थापनि उस्तै हुँदो रहिछ बुझ्यौँ,
एउटा कुर्चिकै लागि त्यहाँपनि कारोबार हुन्छ।

राजाको सालिक तोड्ने नै खोज्न थाले राजा,
भुरे टाकुरेहरूले गर्दा यो नराम्रो आधार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार