• होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगा नगरपालिकाका एउटै उद्देश्यमा संचालित सहकारी मर्ज गरिदै

बुढीगंगा नगरपालिकाका एउटै उद्देश्यमा संचालित सहकारी मर्ज गरिदै

  • शुक्रबार, असार ७, २०८१
बुढीगंगा नगरपालिकाका एउटै उद्देश्यमा संचालित सहकारी मर्ज गरिदै

बाजुरा‍‍–  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा संचालनमा रहेका निष्कृय रहेका सहकारीहरु खारेज गरिने भएका छन । निष्कृय सहकारी खारेज गरिने नीति नगरपालिकाले लिएको हो । नगरपालिका क्षेत्र भित्र एउटै वडा टोलटोलमा उद्देश्य एउटै राखेर संचालनमा रहेका सहकारीहरु मर्ज गरिने निति सहित अगाडी बढ्ने बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले बताएका छन् ।
बुढीगंगा नगरपालिकामा हाल ३२ ओटा भन्दा बढी सहकारी रहको तथ्याङ्क रहेको छ त्यसमा अधिकाँश कागजीरुपमा मात्र भएर निष्कृय छन् । अधिकाँश सहकारीको उद्देश्य एउटै रहेको छ । एउटै उद्देश्य रहेका सहकारीहरुलाई मर्ज गरेर नियमसंगत संचालनको लागि आगामी आर्थिक बर्षहरुबाट नै सुरु गर्ने नगरपालिकाले पहल कदमी गरिहरकको नगर प्रमुख बानियाले बताए । आर्थिक बर्ष ०८१/०८२ मा अनिबार्य लागु गरिने नगर प्रमुख बानियाले बताए ।
साविकका तीन वटा गाउँ विकास समितिलाई भुगोल बनाए तीन ओटा सहकारी संचालनमा जोड दिने नगरपालिकाले नीति लिएको छ । नगरपालिकामा संचालिन सहकारीलाई बिशेष गरि कृर्षिसंग सम्बन्धित काम गर्ने गरि नगरपालिकाले सहयोग गर्ने बताएका छन् ।
सहकारीमा कोपोमिस सफ्टवेयर अनिबार्य संचालन गरिने र सहकारीले ५ जना भन्दा बढीलाई रोजगारी र ब्यवसायी गराएको सहकारीलाई विशेष सहुलियत दिने नीति नगरपालिकाले यो आर्थिक बर्षबाट लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार