बाजुरा– आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन बडिमालिका ७ मा आलुबालीको जात सुधारका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ। जिल्लाकै सबै भन्दा बढि आलु उत्पादन हुने क्षेत्रकाे रुपमा रहेको ढम्कनेको आलुको जात सुधारका लागि सो पाठशाला संचालन गरिएको हो ।
ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ । ढम्कने गाउमा १ सय २६ बढी घर परिवार छन् । ती सबैको आम्दानीको मुख्य स्रोत आलु रहेको छ । आलुको बिउ प्रमाणिकरणका गर्ने उदेस्यका साथ पहिलो बर्ष ढम्कनेबाट बाहिर लगिएकोे त्यही ठाउँको २८ ओटा स्थानबाट ल्याएको बिउको परिक्षण र यो बर्ष १२ स्थानबाट ल्याएको बिउ परिक्षणका लागि पाठशाला संचालन गरिएको छ भने अन्तिम बर्ष पनि केही ढम्कनेबाट बाहिर लगिएकाे र ढम्कनेमै उत्पादन हुने आलुकाे पाठशाला सचालन हुने भएकाे छ ।
परम्परागत रूपमा खेती गरिदै आएको आलुको बिउ प्रमाणीकरण गर्न त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको वडा अध्यक्ष पाध्यायले बताए। आलुका परिकारमा आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत ३० वटा परिकार बनाउने गरी आम्दानी गर्ने उद्देश्य रहेको वडा अध्यक्ष पाध्यायले बताए।
कृषि ज्ञान केन्द्र बाजुरा र लिर्वड नामक सस्थाले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलुका बिभिन्न जातहरु लगाउने विधि सिकाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताए ।
हाल ढम्कनेमा १ जना किसानले ३० देखि ६० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेका छन्। आलु उत्पादन गरेर बजारीकरण भन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर भए पनि बिभिन्न परिकार बनाउन सिकाइने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख उपाध्यायले बताए ।
आलुबालीको जात सुधारका लागि लगातार ३ बर्षसम्म यो पाठशाला नियमित संचालन गरिने नियमा अनुसार दोस्रो बर्षमा प्रबेश गरिएको आलुबालीको जात सुधार पाठशालाका अध्यक्ष मदनराज खत्रीले बताए । बिउ प्रमाणीकरणका लागि गरिएको पाठशाला एक कार्यक्रमका बिच समापन गरिएको आलुको जातिए सुधार ढम्कनेका अध्यक्ष मदनराज खत्रीले बताएका छन ।
आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए । महोत्सव पश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, नेपालगन्ज, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ। यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन् ।
जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका लगायत कणर्ाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत-जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानीको श्रोतका रुपमा रहेको छ ।
जातिय सुधार ढम्कने आलु कृषक पाठशालाका अध्यक्ष मदनराज खत्रीको अध्यक्षतामा संचालनमा भएको कार्यक्रमका प्रमुख अतिथी बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए । कार्यक्रममा बिषिष्ठ अतिथि कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्याय, लिवर्डका कार्यक्रम संयोजक शम्भु बस्नेत बडिमालिका ७ का वडा सदस्य लोकेन्द्र रोकाया र पत्रकार लक्ष्मीराज पाध्याय रहेका थिए ।
कृषक पाठशालाका सहायक राम बहादुर धामीले संचालन गरेको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्राबिधीक हेमराज उपाध्याय, बडिमालिका नगरपालिका कृषि शाखाका प्राबिधीक नवराज पण्डित, ढम्कने सहकारीका अध्यक्ष नर बहादुर रोकाया लगायत अतिथि रहेका थिए । कार्यक्रममा स्थानिय भाषा संस्कृती झल्कीने देउडा दोहोरी लगायतका कार्यक्रमहरु प्रस्तुत गरिनुका साथै उत्कृष्ठ किसानलाई पुरस्कार र पाठशालामा सहभागी हुने किसानहरुलाई प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो ।