• होमपेज
  • कला /साहित्य
  • नागरिक देश छाड्न बाध्य छन्

नागरिक देश छाड्न बाध्य छन्

  • सोमवार, असार ३, २०८१
नागरिक देश छाड्न बाध्य छन्

यता आमाको सास गयो समाचार पनि खास आयो,
छोराले विदेशबाट पठाएको औषधीको रास आयो।

थाहा पनि भयो औषधी भन्सारमा रोकिएको रहिछ,
जब हाकिमले देख्यो बाटोमा आमाको लाश आयो।

यो देशमा सबैका आ-आफ्नै स्वार्थ लुकेका हुन्छन्,
जस्तो सरकारमा जुन आयो विदेशीको दाश आयो।

यता लाहुरेको छोराले पढाई पुरा गरेछ र पायो डिग्री,
बाबा घरमा नपुग्दै छोराको नी खाडिको बास आयो।

यो देशका वेरोजगार नागरिक देश छाड्न बाध्य छन्,
भन्छन् डीवी पर्यो रत भाग्यामा धर्ती आकास आयो।

प्रचण्ड गर्मिको मौसमछ आकास तिर हेर्छन किसान,
मौसम बिभागले भन्छ अब मनसुन पनि पास आयो।

चर्चामा

सम्बन्धित समाचार