• होमपेज
  • खेलकुद
  • ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल

ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल

  • सोमवार, असार ३, २०८१
ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल

टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् ।

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन बटुले । नेपाली बलरको दबाबमा परेका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपाली बलरले खेलको प्रारम्भदेखि नै बंगलादेशी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बंगलादेले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । सोमपाल कामीले बंगलादेशका ओपनर ब्याट्सम्यान तानजिद हसनलाई खाता खोल्नुअघि नै पेभेलियन फmर्काएका थिए । सोमपालले आफ्नो बलमा आफैले तानजिदको क्याच लिएका थिए ।

बंगलादेशको दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोलाई चार रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १.३ ओभरमा कप्तान सान्तो आउट हुँदा बंगलादेशले केवल सात रन बनाएको थियो ।

यसैगरी बंगलादेशले आफ्नो तेस्रो विकेटका रुपमा ओपनर लिटन दासलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान लिटन दासको विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले लिटन दासलाई १० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । ४.३ ओभरमा लिटन दास आउट हुँदा बंगलादेशले २१ रन बनाएको थियो ।

बंगलादेशको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले बंगलादेशका पाँचौँ नम्बरका ब्याट्सम्यान तोहिद हृदोयलाई नौ रनको ब्यक्तिगत स्कोरमा सन्दीप लामिछानेद्वारा क्याच गराए । ५.४ ओभरमा हृदोय आउट हुँदा बंगलादेशले ३० रन बनाएको थियो ।

बंगलादेशले पाँचौँ विकेटका रुपमा महमुदुल्लाहलाई गुमाएको थियो । उनी १३ रन बनाउँदै रन आउट भएका थिए । नवौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा बंगलादेशले ५२ रन बनाएको थियो । उनलाई रन आउट गराउन सन्दीप लामिछाने र गुलसान झाको योगदान रह्यो ।

यसैगरी बंगलादेशले छैटौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान सकिब अल हसनलाई गुमाएको थियो । उनको विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले सकिब अल हसनलाई १७ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ११.४ ओभरमा सकिब आउट हुँदा बंगलादेशले ६१ रन बनाएको थियो ।

बंगलादेशको सातौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । उनले बंगलादेशका तानजिम हसन सकिबलाई तीन रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । बंगलादेशले १३.२ ओभरमा सातौँ विकेट गुमाउँदा ६९ रन बनाएको थियो ।

बंगलादेशको आठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । उनले बंगलादेशका जाकेर अलीलाई १२ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १५.३ ओभरमा आठौँ विकेट गुमाउँदा बंगलादेशले ७५ रन बनाएको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिएको यो एक सयौँ विकेट थियो ।

यसैगरी बंगलादेशको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले बंगलादेशका ब्याट्सम्यान रिसाद होसैलाई १३ रनको ब्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा नवौँ विकेट गुमाउँदा बंगलादेशले ८८ रन बनाएको थियो ।

बंगलादेशले अन्तिम विकेटका रुपमा मुस्तफिजुर रहमानलाई तीन रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रन आउट भएका थिए । उनलाई रन आउट गराउन रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको योगदान रह्यो । तास्किन अहमद भने १२ रनमा अविजित रहे । बंगलादेशले अतिरिक्त रुपमा १० रन पायो ।

चर्चामा

सम्बन्धित समाचार