भाई वडा कार्यालय नजाउ

  • आइतवार, असार २, २०८१
भाई वडा कार्यालय नजाउ

भाई तिमी हिजो वडा कार्यालयमा किन गएको?
दादा नागिताको सिफारिस बनाउनु थियो!
अनि बनायौत?
हैन सचीव ज्यु सुत्नु भाथ्यो मस्त निन्द्रामा हुन हुन्थ्यो बिउझाएन हिजो त फर्केर आए आज बनाएर ल्याए!
एए भोलि जाउँला है नागरिता बनाएर ल्याउन जिल्लातिर म पनि जान्छु तिमिलाई नि सहज हुन्छ !
भोलि त म ओडा कार्यालय नै जान्छु दादा ,,
किन नि भाई?
दाई सिफारिसमा अध्यक्ष ज्यु को हस्ताक्षर गर्नु नैं बाकी छ ,
ए भाइ हिजो नै हस्ताक्षर गराएर ल्याउनु पर्थ्यो त “”
दाइ वडा अध्यक्ष ज्युलाई भेट्न परेन?
भाइ हिजो त वडामा भेटेनौं आज भेटिन्छन् त ?
म बताउछु तिमिलाई त्यो पिपल चौतातीबाट सिधा बाटो जाउ अलिकती तल एउटा स्कुल देखिएला स्कुलको माथी एउटा सानो जंगलघारी छ ।
हो हाम्रो वाड अध्यक्ष ज्यु त्यही जंगलघारिमा तास खेल्दै बसेको मज्जाले भेटिनु हुन्छ अनि
सिफारिसमा हस्ताक्षर गराएर आउ है “!
दाइ त्यहाँ अध्यक्ष ज्यु नभेटिए ?
त्यही जंगल घारिबाट अलि तल जाउ
स्कुल कै अलि तल बायाँ पट्टि एउटा होटेल छ
रक्सी खाँदै होलान्
हो हाम्रो वडा अध्यक्ष ज्यु त्यहाँ त अबश्य भेटिनेछन्
भाइ वडा कार्यालय नजाउ —

 

चर्चामा

सम्बन्धित समाचार