• होमपेज
  • समाचार
  • टेलिकम र मौसम विभागबीच सम्झौता

टेलिकम र मौसम विभागबीच सम्झौता

  • आइतवार, असार २, २०८१
टेलिकम र मौसम विभागबीच सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ । बाढी वा विषम मौसम जन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन वाहकले प्राप्त गर्न सक्ने छन् ।

सम्झौता अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो जस्ता विपद्हरूको पूर्वसूचना उपलब्ध गराइने छ । नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि थप १०० वटा सिमकार्ड उपलब्ध गराएको छ । यसअघि कम्पनीले ६०० सिम उपलब्ध गराएको थियो । टेलिकमका अनुसार विभागलाई उपलब्ध गराएको सिममा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार