शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाल र श्रीलंकाबीचको खेल रद्द

नेपाल र श्रीलंकाबीचको खेल रद्द

  • बुधबार, जेष्ठ ३०, २०८१
नेपाल र श्रीलंकाबीचको खेल रद्द

अमेरिका — आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्ये २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाल समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर-८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगिसकेको छ ।

बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा एकमा जित र एकमा हारसहित दुई/दुई अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा एक अंकका साथ चौथो स्थानमा छ । श्रीलंका ३ खेलमा एक अंकका साथ पुछारमा छ ।

चर्चामा

सम्बन्धित समाचार