शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • निजी क्षेत्रसँगको सहकार्य विषयक रोजगारदाताहरू बीच अभिमुखीकरण

निजी क्षेत्रसँगको सहकार्य विषयक रोजगारदाताहरू बीच अभिमुखीकरण

  • मङ्लबार, जेष्ठ २९, २०८१
निजी क्षेत्रसँगको सहकार्य विषयक रोजगारदाताहरू बीच अभिमुखीकरण

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रोजगारदाताहरु विच अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडीमा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली, प्रदेश सरकारको भूमिका, निजी क्षेत्रसँगको सहकार्य विषयक रोजगारदाताहरू बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार एक कार्यक्रमका बिच उद्योग वाणिज्य सघको सहकार्यमा सो कार्यक्रम संचालन गरिएको उध्योग बाणिज्य संघ बाजुराका प्रतिनिधी टेक बहादुर धामीले बताएका छन ।
कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य सघं बाजुराका अध्यक्ष देवबहादुर रोकाया रहेकाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत गोपालदत्त जोशी र लोकेन्द्र प्रसाद भट्ट अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयकै प्राविधिक अधिकृत टङ्क प्रसाद उपाध्यायले गरेका थिए ।
नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना स्विस सरकार र नेपाल सरकारबीचको दुईपक्षीय कार्यक्रम हो। यो परियोजना प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तरगत, राष्ट्रिय सीप परीक्षण समितिद्वारा स्विस कन्ट्याक्टको प्राविधिक सहयोगमा नेपालमा सञ्चालित रहेको जनाएको छ ।
यस कार्यक्रमको प्रमुख उद्देश्य औपचारिक वा अनौपचारिक जुनसुकै किसिमले हासिल गरेको ज्ञान सिप तथा दक्षतालाई श्रम बजारको प्रत्यक्ष सम्बन्धका आधारमा प्रमाणिकरण गरी योग्यता तह निर्धारण गर्ने रहेको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले बताएका छन् । कार्यक्रममा उद्योग वाणिज्य सघंका पदाधिकारी होटल व्यवसायी गरेर ५० बढीको सहभागिता रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार