• होमपेज
  • समाचार
  • अछामकाे बयलपाटा अस्पताल सञ्चालनमा सहयोग गर्न सरकारलाई सांसद बद्रीप्रसाद पाण्डेकाे आग्रह

अछामकाे बयलपाटा अस्पताल सञ्चालनमा सहयोग गर्न सरकारलाई सांसद बद्रीप्रसाद पाण्डेकाे आग्रह

  • मङ्लबार, जेष्ठ २९, २०८१
अछामकाे बयलपाटा अस्पताल सञ्चालनमा सहयोग गर्न सरकारलाई सांसद बद्रीप्रसाद पाण्डेकाे आग्रह
फाइल फाेटा

बाजुरा —नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्रीप्रसाद पाण्डेले अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उक्त अस्पताललाई कोभिड– १९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताएका छन्। उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भए पनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै संघीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

चर्चामा

सम्बन्धित समाचार