शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लेखक कलाकार देशभक्त कसैको कदर छैन

लेखक कलाकार देशभक्त कसैको कदर छैन

  • सोमवार, जेष्ठ २८, २०८१
लेखक कलाकार देशभक्त कसैको कदर छैन

लेखक कलाकार देशभक्त कसैको कदर छैन,
यो सरकारको मनभित्र देश बनाउँने रहर छैन।

त्यत्तिकै भन्दै सरकार दलाल भयो विदेशीको,
देशमा आज बनजङ्गल छैन खोला बगर छैन।

जस्ले पसिना र रगत बगायो यो देशको लागि,
खै उसैको अचेल आफ्नो भुन्नु एउटा घर छैन।

आफ्नै सन्तानलाई दलाल भन्न रहरछैन साथी,
तर केगरौँ नागरिकहरूको खुसिको अधर छैन।

विदेश नगई घरमा चुला जल्दैन पाक्दैन आटो,
नागरिकका लागि रोजगारको कुनै अफर छैन।

हाम्रै माटो आफ्नै पैतालाबाट खुस्किंन थाल्यो,
पहिचान खोज्छौ तिमीले जस्को कुनै थर छैन।

चर्चामा

सम्बन्धित समाचार