• होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दाको पर्यटन प्रबर्धनका लागि हाप म्याराथुन आयोजना

बुढिनन्दाको पर्यटन प्रबर्धनका लागि हाप म्याराथुन आयोजना

  • शनिबार, जेष्ठ २६, २०८१
बुढिनन्दाको पर्यटन प्रबर्धनका लागि हाप म्याराथुन आयोजना

बाजुरा– जिल्लाको धार्मीक तथा पर्यटकिय क्षेत्र बुढिनन्दा क्षेत्रको पर्यटन प्रबर्धनका लागि बुढिनन्दा नगरपालिकाले हाप म्याराथुनको आयोजना गरको छ । बुढिनन्दाको प्रचार प्रशारका लागि दौडिन्छ बुढिनन्दा नारा दिएर आयोजना गरिएको हो ।
बुढिनन्दा क्षेत्र र शिम कुरुको पर्यटन प्रबर्द्धनका लागि हाप म्याराथन दौडिन्छ बुढिनन्दा सिम कुरुमा संचालन गरिएको बुढिनन्दा नगर खेलकुद बिकास समितिका अध्यक्ष महेस कार्कीले बताएका छन । खेलकुद प्रतियोगितालाई प्रवर्द्धन, दौड संस्कृतिको विकास र प्रतिभाशाली खेलाडीको खोजी गर्ने उद्देश्यले बुढिनन्दा नगरपालिकाले ‘प्रथम बुढिनन्दा हाफ म्याराथन प्रतियोगिता’ को आयोजना गरेको अध्यक्ष कार्कीले बताए ।

May be an image of 13 people and tree
दौडिन्छ बुढीनन्दा हापम्यारथुनका लागि बुढीनन्दा नगपालिकाका ५ वटा माध्यामिक बिधालयका २० जना विद्यार्थी धावक सहभागी रहेका थिए । जसमा छात्र तर्फ जनप्रकाश माध्यामिक बिध्यालयका छात्र भिननाथ योगी, द्धितिय जनप्रकाश माबिकै महेश रेग्मी र तृतिय देवडाडा माबिका छात्र दिल बहादुर बोगटी रहेका छन।

May be an image of 1 person, grass and Angel Oak tree
त्यसै गरि छात्रा तर्फ जनप्रकाश माबिकी छात्रा शैलिना शाही प्रथम भएकी छन भने द्धितियमा सत्य माध्यामिक बिध्यालयकी छात्रा सम्झना भण्डारी र तृतिया देवडाडा माध्यामिक बिध्यालयकी छात्रा शर्मिला रोकाया रहेकी छन । बिजेता धावक बिध्यार्थीहरुलाई नगद सहित प्रसंशा पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ । धावकले १० किलोमिटर धावन गरेका थिए । सत्य माबि पाण्डुसैन नन्देश्वरी माबि जनप्रकाश माबि देवडाडा माबि र बाधु माबिका २० जना धावकहरुको सहभागीता रहेको नगरपालिकाले जनाएको छ ।

May be an image of 3 people, frisbee, tree, grass, fog and mountain
दुईदिन सम्म संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री कणर् बहादुर थापा रहेका थिए । पुर्व मन्त्री थापाले यस्तै खाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनपर्नेमा जोड दिएका छन बाजुरा त्यसमा पनि बुढिनन्दा बडिमाकिलका जस्ता क्षेत्रको पर्यटनको थुप्रो सम्भावना रहे पनि प्रचार प्रसारको अभाव रहेकामा नगरपालिकाले गरेको सो कार्यले बुढिनन्दा क्षेत्रको पर्यटनमा सघाउ पुग्ने प्रमुख अतिथि समेत रहेका नेपाल सरकारका पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य थापाले बताए । बुढिनन्दा नगरपालिकाको यो कार्य निकै महत्वपुणर् र उपलब्धीमुलक हुने बिस्वास समेत रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार