• होमपेज
  • समाज
  • मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास

मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास

  • शुक्रबार, जेष्ठ २५, २०८१
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास

बाजुरा — मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास बाजुरा जिल्लाको बाउली खोलामा सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयोजनमा कृतिम घटना अभ्यासमा कार्यक्रम सम्पन्न भएको हो । बर्षाको समयमा बर्सेनि लाखौको क्षति भईरहेको हुदा बिपतबाट कसरी बच्ने र बचाउने तरिकाको प्रत्यक्ष अभिनय गरिएको थियो ।

No description available.

उक्त योजनामा भएका विभिन्न क्षेत्रगत समुहको भुमिकालाई अभ्यासमा उतर्न र सिकाईलाइ आदानप्रदान गर्ने गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजनाले जिल्लामा हुने घटनामा आम नगरिकलाई समेत सिकाई भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । विपद्का घटनापछि उद्धार र राहतमा खटिने स्वयम सेवकहरूले कसरी राहत तथा उद्धारका कार्यहरू गर्न सकिन्छ भन्ने उदेस्यका साथ सो कार्यक्रमको स्थानिय तह र नागरिकलाई समेत सिकाई भएको नगर प्रमुख खड्काले बताए ।

No description available.

विपद्को जोखिम न्यूनीकरणमा स्थानीय पालिका प्रदेश र संघले आपसी समन्वयलाई विशेष ध्यान दिनु जरुरी रहेको नगर प्रमुख खड्काले बताए । कृत्रिम अभ्यासले विपदबारे समयमै पूर्वसूचना प्रवाह गर्न सक्यौ भने धेरै मानिसको ज्यान बचाउन सकिने रहेछौ भन्ने पनि अनुभूति भएको नगर प्रमुख खड्काले बताए ।

No description available.

मानव जिबनमा आईपर्ने आपतबिपत ब्यवस्थापनलाई सहजिकरण गर्ने तथा जनचेतना प्रदान गर्ने उदेश्यले जिल्ला बिपत ब्यबस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको आयोजना कृत्रिम ब्यवहारिक अभ्यास गरिएको जिल्ला बिपत ब्यबस्थापन समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए ।

No description available.

बाढि पहिरो लगायतका मनसुनजन्य विपतबाट कसरी उद्धारका कार्य गर्ने भन्ने बिषयमा अभ्यास गराएको दुर्गाभन्जन गुल्मका गुल्मपती धमेन्द्र सिहंले बताए । विपद्र जोखिमबाट बच्नको लागि पुर्व तयारीका लागि पुर्व अभ्यास गर्न कृतिम घटना अभ्यास सञ्चालन गरेको दुर्गाभन्जन गुल्मका गुल्मपती सिंहले बताए ।

No description available.

अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको भन्दै यसको पूर्वतयारीमै जोड दिनुपर्ने घटना अभ्यास कार्यक्रमका सहभागीहरूको धारणा रहेको थियो । विपद्का घटनाको न्यूनीकरणका लागि पूर्वतयारीदेखि घटना भइहालेमा के कसरी उद्धार गर्ने भन्नेबारे यस्ता अभ्यासले राम्रोसँग जानकारी सो अभ्यासले दिएको छ । यस्ता अभ्यासले विपद्का घटनाबाट भइरहेको मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास दिएको छ। बिपत व्यवस्थापन समिति, विषयगत क्षेत्र लगायतका बेग्लाबेग्लै समूह बनाएर कृत्रिम घटना अभ्यास गरिएको थियो ।

No description available.

बडिमालिका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, दुर्गाभन्जन गुल्मपति धर्मेन्द्र बहादुर सिंह, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीप गिरी, सशस्त्र प्रहरी बल बाजुराका प्रमुख डिएसपी शंकरदत्त तिवारी, अन्य सुरक्षा निकायका प्रतिनिधि, नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार