शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

  • बुधबार, जेष्ठ २३, २०८१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौं —भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ । जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदमा एनडीए गठबन्धनमा रहेका सबै सांसदहरूको बैठक हुने बताए ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।

राष्ट्रपति मुर्मुले सपथ ग्रहण नभएसम्म आफ्नो भूमिकालाई निरन्तरता दिन आग्रह गरेकी छन् । बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन् ।

सन् २०१४ मा २८२ र सन २०१९ को निर्वाचनमा ३०३ सिटे जितेका भारतीय जनता पार्टीले यसपटक २४० सिट मात्र जित्न सफल भयो । तेस्रो कार्यकालका लागि उनी गठबन्धनका दलहरूले प्राप्त गरेको ५३ सिटमा भर पर्नुपर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार