शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • युनाईटेड अजाेड बिमा कम्पनीद्धारा पाचँ लाख मृत्यु दाबी रकम भुक्तानी

युनाईटेड अजाेड बिमा कम्पनीद्धारा पाचँ लाख मृत्यु दाबी रकम भुक्तानी

  • बुधबार, जेष्ठ २३, २०८१
युनाईटेड अजाेड बिमा कम्पनीद्धारा  पाचँ लाख मृत्यु दाबी रकम भुक्तानी

बाजुरा– युनाईटेड अजाेड इन्स्योरेन्स कम्पनीले बाजुरामा मृत्यु दाबी रकम भुक्तानी गरेको छ । खप्तड छेडेदह गाउँपालिका वडा न ६ का बिमित देबेन्द्र नाथको परिवारलाई बाजुरा सदरमुकममा प्रमुख जिल्ला अधिकारी मार्फत ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्धारा सो चेक मृतककी श्रीमती सरिता नाथलाई हस्तान्तरण गरेका हुन् । गत २०८० साल चैत्र १२ गते गौमुल गाउँपालिकाको मालिवन नजिकै सडक दुर्घटनामा परि नाथको मृत्यु भएको थियो ।

मृतककी श्रीमती सरिता नाथलाई श्रीमानको मृत्युले दुखित भएता पनि परिवारका लागी सो बीमा रकमले सहयोग सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार