शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ २२, २०८१
पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

खानीमा गाँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए । उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए । निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ । मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार