शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतीय चुनावको रुझान : मोदी गठबन्धनलाई मुस्किलले बहुमत सिटमा अग्रता

भारतीय चुनावको रुझान : मोदी गठबन्धनलाई मुस्किलले बहुमत सिटमा अग्रता

  • मङ्लबार, जेष्ठ २२, २०८१
भारतीय चुनावको रुझान : मोदी गठबन्धनलाई मुस्किलले बहुमत सिटमा अग्रता

भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।

५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ ।

कांग्रेस नतृत्वको इण्डिया गठबन्धन २०५ सिटमा अगाडि छ । ४७ सिटमा अन्य अगाडि छन् ।

तर यही अग्रताका आधारमा निष्कर्षमा पुग्न हतारो हुन्छ । किनकी धेरै सिटमा मतान्तर निकै कम छ ।

भारतमा ७ चरणमा चुनाव भएको थियो । पहिलो चरणको मतदान १९ अप्रिलमा भएको थियो भने अन्तिम चरणमा १ जुनमा मतदान भएको थियो ।

अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । सुरत लोकसभा सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार