• होमपेज
  • कला /साहित्य
  • अब त आफ्नो जीवनको कुनै रहर छैन

अब त आफ्नो जीवनको कुनै रहर छैन

  • आइतवार, जेष्ठ २०, २०८१
अब त आफ्नो जीवनको कुनै रहर छैन

अब त आफ्नो जीवनको कुनै रहर छैन,
आमा हजुर बिनाको घर जस्तो घर छैन।

हेर्छु जब हजुरको तस्विर तिर भित्तमा,
पुराना केके संझना आउँछन् खबर छैन।

प्रकृतीको नियम टाल्न सक्दैनन् कसैले,
जिन्दगी त यस्तै नै रहिछ खासै भर छैन।

सबै मानिस जस्तैछन तर रोबोट सहरमा,
पैसाले नचाएको छ खुसिको अधर छैन।

उसैको कलाले संसार हिलाइदिन्छ यहाँ,
तर यो समाजमा उसैको रत्ती कदर छैन।

केका लागि लडेका छौँ थाहा छैन हामी,
आफ्नो भन्नु खोला छैन अनि बगर छैन।

चर्चामा

सम्बन्धित समाचार