शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • देश
  • देशका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा बर्षाको सम्भावना

देशका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा बर्षाको सम्भावना

  • आइतवार, जेष्ठ २०, २०८१
देशका उच्च पहाडी  भू-भागका एक-दुई स्थानमा बर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको छ। नेपालको पूर्वी भू-भागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ। नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार