• होमपेज
  • समाचार
  • आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

  • मङ्लबार, जेष्ठ १५, २०८१
आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

बाजुरा– आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ।
नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम समेत हुँदैछ। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् ।

चर्चामा

सम्बन्धित समाचार