• होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन : इरानी सञ्चारमाध्यम

राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन : इरानी सञ्चारमाध्यम

  • सोमवार, जेष्ठ ७, २०८१
राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन : इरानी सञ्चारमाध्यम

तेहरान– तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो ।
दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ। इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ । यता इरान इन्टरनेशनलका अनुसार हेलिकप्टर पूर्णरुपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ ।
इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति राईसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए ।

बीबीसी

चर्चामा

सम्बन्धित समाचार