• होमपेज
  • समाचार
  • प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

  • सोमवार, जेष्ठ ७, २०८१
प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो भने सोही दिन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री दाहालले २०७९ पुस २६ गते र चैत ६ गते तथा २०८० साल फागुन ३० गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिसभाको कूल संख्याको १३८ मत आवश्यकता पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार