• होमपेज
  • समाचार
  • कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

  • आइतवार, जेष्ठ ६, २०८१
कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

धनगढी– कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ। आज (आइतबार) विहान उनको मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार