शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराको अध्यक्षमा भरत थापा र लाल बहादुर ओलीको उम्मेद्धवारी दर्ता

नेकपा एमाले बाजुराको अध्यक्षमा भरत थापा र लाल बहादुर ओलीको उम्मेद्धवारी दर्ता

  • शुक्रबार, जेष्ठ ४, २०८१
नेकपा एमाले बाजुराको अध्यक्षमा भरत थापा र लाल बहादुर ओलीको उम्मेद्धवारी दर्ता

बाजुरा– नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व गर्न अध्यक्ष पदका लागी २ जनाको उम्मेद्धवारी दर्ता भएको भएको छ । नेकपा एमाले बाजुराको अधिबेशन १ गते उद्धघाटन भए पनि ३ दिन पछाडी निर्वाचन प्रक्रियामा गएको हो । निर्बाचन प्रक्रिया अनुसार एमालेका बर्तमान अध्यक्ष भरत थापा र एमाले नेता लाल बहादुर ओलीको अध्यक्षमा उम्मेद्धवारी परेको छ ।  त्यसै गरि उपा अध्यक्षमा जनक कुमार बोहरा र मेघराज शाहीको उम्मेद्धारी रहेको निर्वाचन कमिटिले सार्बजनिक उम्मेदवार नामावाली प्रकाशन गरेको छ ।
सचिवमा काशि विक र जनक बिष्टको उम्मेद्धवारी रहेको छ । खुला उपसचिवमा हरि बहादुर रोकाया र मान बहादुर रोकाया (अर्जुन)काे  उम्मेद्धवारी रहेको नर्बिाचन अधिकृत तुला बहादुर थापाले बताएका छन । उप सचिव महिलामा राजकला शार्की र कल्पना महतको उम्मेदवारी रहेको छ । ५ जना पदािधकारीका लागि ११ जनाकाे उम्मेद्धवारी रहेकाे छ ।
त्यसै गरि खुला सदस्यमा २५ जना, खुला महिलामा ६ जना, दलित महिला ४ जना, दलित खुलामा १२ जना, युवा खुलामा ७ जना, दलित युवामा ५ जना, जनजाती महिलामा २ जना, जनजाती पुरुषमा १ जना पिछडीएको क्षेत्र १ जना मुस्लीम १ जना गरि सदस्यहरुमा १८२ जनाको उम्मेदवार रहेका छन । तर नेकपा एमालेको जिल्ला कमिटि ९० जनाको मात्र रहने निर्बाचन कमिटिले जनाएको छ । बाजुरामा एमाले अधिबेशनका लागि ४ सय ३९ जना पार्षद रहेका छन । सदस्यमा मात्र ५७ जनाको उम्मेद्धवारी परेको निर्बाचन समितिले जनाएको छ । जिल्लाको कमिटि ९० सदस्यि कमिटि बन्ने नेकपा एमाले निर्वाचन अधिकृत  थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार