• होमपेज
  • बाजुरा बिशेष
  • ढुवानी अनुदानको नुन बाजुरा बाट तराइका जिल्लामा

ढुवानी अनुदानको नुन बाजुरा बाट तराइका जिल्लामा

बाजुरामा ढुवानी अनुदानको नुनको अभाब

  • शुक्रबार, जेष्ठ ४, २०८१
ढुवानी अनुदानको नुन बाजुरा बाट तराइका जिल्लामा
बाजुराको एक स्थानिय बजारमा पसलमा बिक्रिमा राखिएको ढुवानी अनुदानको भानु नुन ।

बाजुरा– बाजुरामा जिल्लामा ढुवानी अनुदानको नुन अभाब भएको छ । नेपाल भारतको सहयोगमा साल्ट्रडिङ्क कर्पोरेशन मार्फत ढुवानी अनुदानमा बिक्रि हुने आयोडिन भानु नुन बाजुराबाट तराइका जिल्लामा तस्कर हुने भएपछि बाजुरामा नुनको अभाब भएको हो ।
बाजुरामा चार वटा नुनको डिपो र चार वटा बिक्रि केन्द्र रहेका छन् । बाजुरामा ढुवानी अनुदानको नुन प्रतिकेजी ९ रुपैयाँमा बिक्रि हुने गरेको छ । तराइका बजारमा आयोडिन युक्त नुन बजारमा प्रतिकेजी २० रुपैयाँ बढी मुल्यपर्ने गरेको छ । बिशेषगरी कैलाली र कञ्चनपुरमा बजारमा नुन किन्दा महँगो हुने भएकाले बाजुराका डिपोबाट किनेर कैलाली, कञ्चनपुर तिर तस्कर हुने गरेको छ ।
साल्ट्रडिङ्क कर्पोरेशन लिमिटेड डिपो कार्यलय बाजुराका प्रमुख टेक बहादुर बोहोराले तराइका जिल्लामा बाजुराको नुन जाने गरेको स्वीकार गरेका छन् । हामीले बिक्रि गर्दा घरको लागि भनेर लग्छन्, तर यहाँ किनेर तराइको जिल्लामा जाने गरेको उनले वताए । १० प्रतिशत बढी नुन यसरी बाहिर जाने गरेको उनको भनाइ रहेको छ । अर्को पशुचौपायलाइ समेत खुवाउने गरेकाले बाजुरामा नुनको अभाब भएको उनले वताए ।
ढुवानी अनुदानको नुन तराइ मात्र नभइ बाजुराका स्थानिय बजारमा बिक्रि हुने गरेको पाईएको छ । जिल्लाका मार्तडी, कोल्टि, तिपाडा, बेतालमाण्डौ, धुलाचौर, कवाडी लगायतका बजार अनुदानको नुन बिक्रि हुने गरेको छ । नुन डिपो बाट मात्र जिल्लामा बिक्रि हुने भानु नुन बजारमा भने खुलम खुल्ला पाइने गरेको छ । नुनमा कालोबजारी र तस्कर हुने भएपछि बाजुराका डिपोमा नुनको अभाब भएको हो ।
४ वटा बिक्रि केन्द्रका बर्षको एकपटक बिक्रि गर्ने भएकाले पहिले नै सबै बिक्रि गरिसकेको कार्यलय जनाएको छ । चारवटा डिपो कार्यलयमा थोरै मात्रामा नुन रहेको साल्ट्रडिङ्क कर्पोरेशन लिमिटेड डिपो कार्यलय बाजुराका प्रमुख टेक बहादुर बोहोराले वताए । मार्तडी डिपोमा साढे ११ कुन्टल, मौरेमा ४ कुन्टल, कोल्टिमा १ सय कुन्टल र कवाडीमा २ सय ९० कुन्टल मात्र मौजात रहेको छ ।
आर्थिक बर्ष ०८०।०८१ मा बाजुरा भरी १६ हजार ८ सय ५२ कुन्टल नुनको कोटा रहेको छ । यो कोटा बाजुराका लागि अप्रयाप्त रहेको थियो । बाजुरामा नुन अभाब भएको थप कोटा मागका लागि आपुर्ति मन्त्रालयमा निणर्य गरे पठाएको कार्यलय प्रमुख टेक बहादुर बोहोराले वताएका छन् । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले पनि बाजुरा बाट तराइका जिल्लामा अनुदानको नुन जाने गरेको सुनिन आएको वताए । त्यसलाइ रोक्न प्रहरी कहाँ समन्वय भइरहेको उनले वताए ।
बाह्रबिसका दयाराम नेपालीले घरको लागि नुन किन्दा पसल बाट भानु नुन किनेर लिएको बताएका छन् । उनले भने नुनको बारेमा आफुलाई कुनै जानकारी नभएको तर भानु नुन भने प्रतिकिलो २५ रुपैयामा किन्ने गरेको बताए ।
नुन डिपोमा बिक्रि हुने नुन ब्यापारीले बाजुराका स्थानिय बजारमा प्रतिकेजी २५ रुपैया ५० रुपैयाँ सम्म बिक्रि हुने गरेको स्थानियको भनाई छ । साल्ट्रडिङ्क कर्पोरेशन बाट ३ थरीका नुन भानु, शक्ति, आयो नुन उत्पादन हुने भएतापनि ब्यापारीलाई भानु नुन नबेच्ने गरेको साल्ट्रडिङ्क कर्पोरेशन क्षेत्रिय कार्यलय धनगढीले बताएको छ । भानु नुन ब्यापारी कसैले पनि बिक्रि गरेको पाएमा कालो बजारी ऐन २०३२ को दफा ४ बमोजिम ५ बर्ष कदै र नगद जरीवाना हुने ब्यबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार