• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा गौरवका सडककै बेहाल, काम नहुँदै १२ ठेक्काको म्याद सकियो

सुदूरपश्चिममा गौरवका सडककै बेहाल, काम नहुँदै १२ ठेक्काको म्याद सकियो

  • मङ्लबार, जेष्ठ १, २०८१
सुदूरपश्चिममा गौरवका सडककै बेहाल, काम नहुँदै १२ ठेक्काको म्याद सकियो

धनगढी– सुदूरपश्चिममा ९ वटा सडकलाई प्रदेश गौरवका सडकको रुपमा नामाकरण गरियो। तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले ९ वटा सडकलाई प्रदेश गौरवका सडकको रुपमा नामाकरण गरेर बजेट विनियोजन गरेको हो। प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले २०७५ फागुन १ गते प्रदेशका ९ वटा सडकलाई प्रादेशिक गौरवका सडकको रुपमा विकास गर्ने निर्णय गरेको थियो।
प्रदेश गौरव आयोजनाको १९ वटा सडक खण्डमा ठेक्का लगाएको छ। तीमध्ये काम पुरा नहुँदै १२ वटा ठेक्काको म्याद भने सकिएको हो। आर्थिक वर्ष २०७६/७७ को बजेटबाट स्रोत सुनिश्चित गरी सबै जिल्लामा एक/एक वटा गरी नौवटा सडक खण्ड ठेक्का लगाएको थियो। २०७७ मा तीन र २०७८ मा सातवटा थप ठेक्का लगाइएकोमा २०७८ मा लगाइएको ठेक्काबाहेक सबैको म्याद सकिएको हो।
३० महिनाको समयावधि दिएर लगाएको ठेक्का सबै अधुरा छन्। २०७८ को ठेक्का पनि २०८० मा सम्पन्न हुनुपर्ने हो। तर काम हुन सकेको छैन्। नौवटै सडकको कुल लम्बाइ ७ सय ६८ किलोमिटरमध्ये २ सय १७ किलोमिटर निर्माण गर्न ठेक्का लगाइएको छ। १९ खण्डको लागत अनुमान पाँच अर्ब १६ करोड ३७ लाख रुपैयाँ रहे पनि निर्माण कम्पनीसँग तीन अर्ब १४ करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको छ।
गत आर्थिक वर्षसम्म ती ठेक्कामा एक अर्ब ८५ करोड ३९ लाख रुपैयाँ खर्च भइसकेको छ। चालु आर्थिक वर्षका लागि एक अर्ब २३ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा ठेक्काका लागि एक अर्ब २७ करोड विनियोजन गरिएकोमा पुरै रकम खर्च हुन सकेको थिएन्।

चिसापानी–जंगलघाट–बडिमालिका सडकमा १२ किलोमिटरको गौरीटाँड–कमलबजार–दर्ना (बाँसकाँडा) खण्डमा कालोपत्रेको काम सुरु भएको प्रदेश सरकारको एक वर्षे अवधिको प्रगति पुस्तिकामा उल्लेख छ। २० करोड लागत अनुमान रहेकोमा १७ करोड १५ लाख रुपैयाँमा ठेक्का लगाइएको छ। जंगलघाटदेखि गौरीटाँडसम्मको २४ किलोमिटर खण्ड २०७६ मा ठेक्का लगाइएकोमा कटिङ र स्ट्रक्चरकै काम भइरहेको छ।

१९ करोड ९७ लाख रुपैयाँ लागत अनुमान रहेको खण्डमा ९ करोड ४८ लाखमा ठेक्का सम्झौता गरिएको छ। ठेक्काको म्याद सकिएको दुई वर्ष भइसक्दा पनि ५० प्रतिशत काम अधुरै छ। चिसापानी–जंगलघाट–बडिमालिका सडकमा थप ठेक्का लगाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९ करोड र संघीय सरकारले समपुरक अनुदानबाट ९ करोड बजेट वनियोजन गरेको छ। सो सडकको कुल लम्बाइ २०३ किलोमिटर छ। बझाङको ९५ किलोमिटर लम्बाइको पातीहाल्ला–तल्कोट–साइपाल–हुम्ला सडक १५ मिलोमिटर र १० किलोमिटर खण्ड कच्ची सडक निर्माणका लागि २०७६ र २०७८ मा ठेक्का लगाइएको भए पनि दुवै खण्डको काम अधुरै छ। दिनेशखवरबाट

चर्चामा

सम्बन्धित समाचार