• होमपेज
  • मनोरञ्जन
  • गायक रवि ओड प्रहरी हिरासतमा, लिभिङ टुगेदरदेखि विवाहसम्मै यातना

गायक रवि ओड प्रहरी हिरासतमा, लिभिङ टुगेदरदेखि विवाहसम्मै यातना

  • आइतवार, बैशाख ३०, २०८१
गायक रवि ओड प्रहरी हिरासतमा, लिभिङ टुगेदरदेखि विवाहसम्मै यातना

वैवाहिक करणीमा मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले बताए। डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक करणी र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले चैत २० गते उजुरी दिएकी थिइन्। सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन्।

प्रहरीले त्यस विषयमा छानबिन तथा अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए। एक महिनाअघि नेपाल आइडल सिजन–२ का विजेता ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गराएकी थिइन्। यो जोडीले सात वर्षअघि २०७३ सालमा इन्गेजमेन्ट गरेको थियो।
२०७५ सालमा नेपाल आइडल सिजन–२ को विजेता बनेपछि बिहेको आश्वासन दिँदै आएका रविले इन्जेगमेन्ट गरेकी ती युवतीसँग विवाह गर्न आनाकानी गरेपछि उनी डेढ वर्षअघि रविको घर पुगेकी थिइन्। त्यसपछि उनीहरू लिभिङ टुगेदरमा बस्न थालेका थिए। डेढ वर्ष लिभिङ टुगेदरमा बस्दासमेत रविले विवाह नगरी अनेक बहानामा हातपात गर्न थालेपछि ती युवती चैत १३ गते इलाका प्रहरी कार्यालय गुलरिया पुगेकी थिइन्।

त्यसको भोलिपल्टै रविले उनीसँग कानूनी रूपमा विवाह गरेका थिए। विवाह गरेको एक सातापछि चैत २१ गते आफूमाथि जबरजस्ती करणी गरेको आरोपमा ओडकी श्रीमती वैवाहिक करणीको मुद्दा दर्ता गराउन इलाका प्रहरी कार्यालय झलारी पुगेर रविविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार