शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • यूवाहरु बिदेशीदा बाजुराका गाउँमा खेतीयोग्य जमिन बाँझिदै

यूवाहरु बिदेशीदा बाजुराका गाउँमा खेतीयोग्य जमिन बाँझिदै

४ हजार १ सय ६४ हेक्टर जमिन बाँझाे बन्याे

  • आइतवार, बैशाख ३०, २०८१
यूवाहरु बिदेशीदा बाजुराका गाउँमा खेतीयोग्य जमिन बाँझिदै

बाजुरा– बाजुराको ग्रामिण भेगका धेरै खेतीयोग्य जमिन बाझो देखीन थालेका छन । युवाहरुको बढ्दो बिदेश मोहका कारण ग्रामिण भेगमा खेतीयोग्य जमिन बाँझिन थालेका हुन । बाजुराका कतिपय ठाउँमा खेती लगाउने किसानको संख्या समेत वर्षेनि घट्दै गएको छ ।  जिल्लामा  ४ हजार १ सय ६४ हेक्टर जमिन बाझै रहेको तथ्याकं रहेको छ । नेपालको जनगणना २०७८ अनुसार बाजुराको कुल जनसंख्याको ८० प्रतिशत जनसख्या कृषि पेशामा रहेको तथ्याकं रहेको भए पनि पछिल्लो समय खेती लगाउनेको सख्या घट्दै गएको पाईएको छ ।

बढ्दो विदेश पलायन र बसाइँसराइका कारण खेती लगाउने कृषकको संख्या घट्दै गएको हुन सक्ने जानकारहरुले बताउने गरेका छन । जनशक्ति पलायन र बसाइँसराइ लगायत कारण बाँझो जमिन बढ्दै गएको र खेती योग्य जमिन बाझै हुने गरेको खाध्य अधिकारकर्मी मदनराज जैशीले बताए । बाजुरा जिल्लाको कुल क्षेत्रफल २ हजार १ सय ८८ बर्ग किलोमिटर रहेको छ । जसअनुसार २८ हजार १ सय ३५ हेक्टर जमिनमा १८ दशमलव ७८ प्रतिशत जमिन सिचित जमिन रहेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकमा उल्लेख गरिएको छ ।

कृषि गणना २०७८ मा कृषक परिवारले सुदूरपश्चिम प्रदेशमा एक लाख ९२ हजार ८८५ हेक्टर जमिनमा कृषि गरिरहेको उल्लेख छ । सोमध्ये १ लाख १६ हजार ५६४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख छ । कुल कृषियोग्य जमिनमध्ये बाजुराको कुल क्षेत्रफलको २८.८८ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको कृषि गणना प्रतिवेदनमा उल्लेख छ ।

यूवाहरु बिदेश जानुका साथै प्रतिफल आम्दानी नहुने भएका कारण खेती गर्न छोड्दै गएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिन प्रसाद जैशीले बताए । कृषि क्षेत्रमा सम्भावनको जिल्लाको रुपमा भए पनि कम खेतीयोग्य जमिन, रोजगारीका लागि बिदेश पलायन प्राकृतीक प्रकोप, बसाईसराई, अनुदानमुखी कृषकका कारण जिल्लाले सोचेजस्तो उत्पादन गर्न नसकेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीको भनाई रहेको छ । प्रम्परागत कृषि प्रणाली बाजुराको चुनौतीको रुपमा रहेको जैशीको भनाई रहेको छ । जनशक्ति पलायन, बसाइँसराइ, कृषिबाट हुने आम्दानीले घर गुजारा नचल्नु लगायत कारणले जमिन बाँझो रहन गएको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराकाे  २०७९/०८० को तथ्याकं अनुसार बाजुराले २७ हजार ९ सय ३९ मेट्रिक टन खाध्यन्न जिल्ला बाहिरबाट ल्याउने गरेको उल्लेख गरिएको छ । जिल्लामा २४ हजार ३ सय ३ मेट्रिक टन खाध्यन्न उत्पादन हुने भए पनि अपुग हुने २७ हजार ९ सय ३९ मेट्रिक टन जिल्ला बाहिर बाट ल्याउने गरेको तथ्याकंमा उल्लेख गरिएको छ ।
नेपालकाे जनगणना २०७८ अनुसार १ लाख ३८ हजार ५ सय २३ जनसख्या मध्ये आफ्नो उत्पादनले ३ महिना मात्र खान पुग्ने ४० प्रतिशत जनसख्या रहेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । त्यसै गरी ६ महिना खान पुग्ने २५ प्रतिशत, ९ महिना खान पुग्ने १५ प्रतिशत र १२ महिना खान पुग्ने १० प्रतिशत रहेको जनाएको छ । कुल जनसख्याको ८० प्रतिशत कृषि पेशामा संलग्न भए पनि अधिकाङ्स मानिस भारत र खाडी मुलुकमा श्रमीकको रुपमा काम गर्ने, स्थानिय श्रम बजारमा श्रम बेचेर प्राप्त हुने आयले जिवन निर्बाह गर्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार